लण्डन । बेलायती राजकुमार ह्यारीले केही महिना भित्रै विवाह गर्ने भएका छन् । पिता राजकुमार चाल्र्सले एक वक्तव्य जारि गरि सो खबर सार्वजनिक गरेका हुन् ।

सन् २०१६ देखि एक अर्कालाई डेटिङ गरिरहेका राजकुमार ह्यारी र उनकी अमेरिकी प्रेमिका मेगन मार्केलले केही हप्ताअघि इन्गेजमेन्ट गरेका थिए । गोप्य समारोहबीच लण्डनमा गरिएको इन्गेजमेन्टको बारेमा रानी एलिजाबेथ र परिवारका निकट सदस्यहरुलाई मात्र थाहा दिइएको थियो ।

हलिउड अभिनेत्री मार्कल सामाजिक कार्यकर्ता समेत हुन्। लसएन्जलसमा जन्मिएकी मार्कल हाल टोरन्टोमा बस्दै आएकी छन्। ३३ वर्षीय ह्यारीभन्दा मार्कल तीन वर्ष जेठी छिन्।

राजगद्दीको उत्तराधिकारीमा पाँचौ स्थानमा रहेका ह्यारीले आगामी मार्च वा जुन महिनामा विवाह गर्ने बताइएको छ । विवाह पश्चात उनीहरु लण्डनमा रहेको केन्सिङटन दरवारको नटिङहम कटेजमा बस्नेछन् ।

Comments