राजधानी काठमाडौँमा आयोजित नेपाली गीत संगीतका २३ विधामा यस बर्षका सर्वोत्कृष्ट स्रष्टाहरुलाई  १६ औं टुबोर्ग इमेज अवार्डद्वारा सम्मानित गरिएको छ | नेपाली सांगीतिक जगतको महाउत्सव ईमेज अवार्डको १६ औं संस्करणमा एक भब्य समारोहका बीच  २०७० साल असार १ गतेदेखि २०७१ साल जेठ मसान्तभित्र सार्वजनिक भएका गीत, एल्बम तथा म्यूजिक भिडियोहरु मध्येबाट २३ विधाका स्रष्टाहरुलाई सम्मान गरिएको हो ।हरेक बर्ष झैं यस बर्ष पनि विभिन्न विधामा मनोनयनमा परेकाहरु मध्येबाट निर्णायक मण्डलबाट र एस.एम.एसबाट प्राप्त मतका आधारमा विजेताको घोषणा गरिएको थियो । इमेज अवार्डको १६ औं संस्कारणमा आइपुग्दा सर्वोत्कृष्ट गायन लोकगीत र दोहोरीगीत गरी २ ओटा विधा थप गरिएको थियो ।

 यसवर्ष सुगम पोखरेलको स्वरमा रहेको “मेरो जीवन” बोलको गीतले सर्वोत्कृष्ट गीतको अवार्ड प्राप्त गरेको छ । खाएको कसम बोलको गीतबाट गायक  सुमन कुमार श्रेष्ठले सर्वोत्कृष्ट अवार्ड हात  पारे  भने खुशी मागे बोलको गीतबाट अञ्जु पन्तले उत्कृष्ट गायीकाको अवार्ड प्राप्त गरिन् । यो वर्ष अझै बाँकी गीतबाट स्रोता र दर्शकको मतको आधारमा छानिने पब्लिक च्वाइस अवार्ड गायक राज सागरले प्राप्त गरेका छन्  । विश्व नेपालीले सर्वोत्कृष्ट पप गायकको अवार्ड प्राप्त गरे भने  सुमी चाम्लिङ राइले सर्वोत्कृष्ट पप गायिकाको अवार्ड प्राप्त गरिन् ।यो वर्ष ” नेपालीको मन भरी” बोलको गीतबाट आशिष श्रेष्ठ र चन्दन श्रेष्ठले सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीतको अवार्ड प्राप्त गरे । पशुपती शर्माको चिन्ता छैन केही बोलको गीतले सर्वोत्कृष्ट दोहोरी गीतको अवार्ड प्राप्त गरेको छ | दसै बोलको गीतबाट कृष्ण रेउलेले सर्वोत्कृष्ट लोक गीत संकलनको अवार्ड हात पारे भने फूल फुलेरैबाट रामजी खाँड र सम्झना लामिछानेले सर्वोत्कृष्ण गायन दोहोरी गीतको अवार्ड प्राप्त गरे ।

 राजबाबु श्रेष्ठलाई  सर्वोत्कृष्ट गीतकार तथा  सुनील मास्केले सर्वोत्कृष्ट संगीतकारको सम्मान सहितको अवार्ड  प्रदान गरिएको छ | सर्वोत्कृष्ट समूह गायनमा अमन प्रधान र अक्षता अधिकारीले तथा चलचित्र झोलेको तिमीनै बोलको गीतबाट राजेश पायल राई, रजिला रिमाल र हरी लम्सालले उत्कृष्ट चलचित्र गीतको अवार्ड पाए|आमाको सम्झना गीतबाट टीका पुनले सर्वोत्कृष्ण गायन लोकगीतको अवार्ड प्राप्त गरिन् । सम्झनामा बोलको म्युजिक भिडियोले सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड प्राप्त ग¥यो भने म्युजिक भिडियो निर्देशकको अवार्ड प्रणव जोशीले प्राप्त गरे ।यस्तै, सर्वोत्कृष्ट नव कलाकारको अवार्ड उडी उडीका लागि शिखा भारतीले प्राप्त गरिन् | यस्तै चन्द्रमुखी बोलको गीतबाट महाराज थापाले सर्वोत्कृष्ट संगीत संयोजन र साझ पर्‍यो गीतको बोलबाट किशोर थापाले सर्वोत्कृष्ट गीत मुद्रणको अवार्ड प्राप्त गरे ।यसैगरी धिरजजङ्ग शाह सर्वोच्कृष्ट म्युजिक भिडियो निर्देशक छानिए भने हिमाल जोशीले सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादनको अवार्ड प्राप्त गरे ।

इमेज लाइफ टाइम अचिभमेन्ट अवार्ड हरिप्रसाद रिमाललाई

यस वर्षको इमेज लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ गायक एवं नाट्यकर्मी हरिप्रसाद रिमाललाई सम्मान गरिएको छ । नेपाली गीत संगीत र नाट्य क्षेत्रमा रिमालले पुर्‍याउनु भएको विशिष्ठ योगदानको कदर गर्दै इमेज गु्रप अफ कम्पनिज्ले एक लाख नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो ।१६ औं टुवोर्ग इमेज अवार्ड वितरण समारोहमा इमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आर के मानन्धर, उपाध्यक्षद्वय इन्दिरा मानन्धर र मोहनचन्द्र सिंहले संयुक्त रुपमा रिमाललाई सम्मान प्रदान गरे ।
( सन्दर्भ श्रोत: इमेज)

Comments