काठमाडौं । अष्ट्रेलिया पुगेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा अहिले सामाजिक संजालदेखि नेपाली चलचित्रमा समेत चुलिएको छ । अष्ट्रेलियाको कार्यक्रममा उनले लगाएको रातो रंगको पहिरनका कारण उनको चर्चा बढेको हो।

उनको पछिल्लो चलचित्र ‘ए मेरो हजुर २’ प्रिमियरका लागि फिल्म निर्देशक समेत रहेकी नायिका झरना थापा र टिमसंगै साम्राज्ञी अष्ट्रेलिया पुगेकी हुन् । रेड कार्पेट प्रिमियमा लगाएको रातो पारदर्शी पहिरनमा सामाग्री निकै हट देखिएकी छन् ।

निर्देशक तथा नायिका झरना थापाका पति सुनिलकुमार थापाद्वारा निर्मित चलचित्रमा साम्राज्ञीको अलवा सलिनमान बाँनिया, सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको समेत अभिनय रहेको छ ।अष्ट्रेलियामा इभेन्ट सिनेमाको आयोजना गरिएको चलचित्रको प्रिमियरमा दर्शकले चलचित्र मन पराएको प्रतिक्रिया दिएका थिए ।

Comments