कतारमा घर फिर्ति केन्द्रको एउटा भवनमा आगलागी हुदाँ मृत्यु भएका ५ जनामध्ये २ जना नेपाली रहेको दुतावासले जनाएको छ  । घर फिर्ती  केन्द्रमा गैरकानुनी हैसियत भएका विदेशी कामदार पक्राउ गरी स्वदेश पठाउनुअघि राखिएका थिए | ज्यान गुमाउनेमा सिमगढ़ा ७ म्याग्दीका ३२ वर्षीय पूर्णबहादुर सार्की र धनुषाका २६ वर्षीय सिपान कपार छन् ।गैरकानुनी रुपमा कतारमा रहेका  सार्की ३ अप्रिल २०११ बाट कम्पनी छाडेर बाहिर काम गर्दै आएका थिए भने कपार २ साता अघि मात्रै पक्राउ परेका थिए | मोवाइल चार्ज गर्ने क्रममा  बिद्युत सर्ट भइ  आगलागी भएको नेपाली दुतावासको भनाई उल्लेख गर्दै आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

Comments

comments