काठमाडौं । नेपालकी नग्मा श्रेष्ठ ६६ औं ‘मिस युनिभर्स’प्रतियोगिताको फाइनलमा पुगेकी छिन् ।

नेपालबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागि भएकी नेपाल सुन्दरी नग्मा श्रेष्ठ ‘मिस यूनिभर्स’ को फिनालेमा स्थान पाउन सफल भएकी हुन् । फाइनल प्रतियोगिता आइतबार राति अमेरिकाको लस भेगासस्थित एक्सिस थिएटरमा हुँदै छ। नेपालले ‘मिस यूनिभर्स’ मा भाग लिएको यो पहिलो पटक हो ।

६६औं ‘मिस यूनिभर्स’ मा नेपालसहित ९२ देशका सुन्दरी सहभागी छन् ।

Comments

comments