काठमाडौं । केही दिन अगाडी मात्र २०१७ को मिस वर्ल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रत्येक वर्ष हुने मिस वर्ल्ड प्रतियोगिताको ताज यो वर्ष भारतकी मानुषी छिल्लरले जितिन्।

मिस वर्ल्ड प्रतियोगितामा विश्वभरबाट सुन्दरीहरु सहभागी हुन्छन् र यो प्रतियोगिताले विश्वभर चर्चा पाउँछ । यति ठूलो प्रतियोगिता जित्ने विजेताले कति पुरस्कार पाउँछन् त ?

‘मिस वर्ल्ड’को ताजको मूल्य मात्र ५ देखि ८ करोडसम्मको हुन्छ भने उपाधि जित्ने सुन्दरीले १६ करोड रुपैयाँसम्म कमाउने गरेका छन्। यसको साथै ट्राभल अलाउन्सको सुविधा हुन्छ। जसका कारण उनीहरु एक वर्षसम्म विश्व भ्रमण गर्ने गर्छन्। यसका लागि उनीहरुले कुनै पनि हवाइजहाजमा आफूले पैसा खर्च गर्नु पर्दैन। ‘मिस वर्ल्ड’ भएपछि ठूलो ब्रान्डको प्रायोजनबाट हुने कमाइ छुट्टै हुन्छ।

Comments

comments