मेलबर्न । गायक रियाज पोखरेलको ‘कति मिठो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रदीप पोखरेलको शब्द तथा राजेन्द्र बजगाईंको संगीत रहेको गीतको म्युजिक भिडियोलाई हेल्लो अष्ट्रेलिया टिभीले उत्पादन गरेको हो ।

माया प्रेममा आधारित रहेर बनाइएको यो रमाइलो गीतको म्युजिक भिडियोमा विनोद भण्डारी र रिन्जिला प्रधानले अभिनय गरेका छन् । नेपाली पोशाकमा सजिएर नाचिरहेका मोडलहरुको अभिनयले गीतको भावलाई उजागर गरेको छ।

छायांकन, निर्देशन तथा सम्पादन बहुप्रतिभाशाली अष्ट्रेलियावासी नेपाली जीवन रसाइलीले गरेका हुन् । म्युजिक भिडियोलाई गोल्डन कंगारु फिल्मसले पोस्ट प्रोडक्सन गरेको छ ।

Comments

comments