काठमाडौं । कमेडियनबाट अभिनेता बनेका बलिवुड कलाकार कपिल शर्मालाई हलिवुडबाट अफर आएको छ। रिलिजको क्रममा रहेको कपिल शर्माको फिल्म फिरंगीका निर्देशकले यसको खुलासा गरेका हुन् ।

कपिललाई ‘ब्याड मामाज’ कम्पनीले आफ्नो श्रंखला फिल्ममा खेल्न प्रस्ताव राखेको छ। ‘ब्याड ममाज’ हलिवुडका ठूला कम्पनिहरु मध्येको एक हो ।

कपिलले यो कुराको पुष्टि गर्दै भनेका छन्, ‘हो मलाई प्रस्ताव आएको हो, तर अझै टुँगो लागेको भने छैन, फाइनल भएपछि म जानकारी गराउँछु।’

फिल्मको पटकथा आफूले पाइसकेको र उक्त कम्पनी ठूलो भएकाले आफू त्यहाँ गएर भेट्ने पनि कपिलले बताएका छन्। ‘अहिले त टेलिफोनमा मात्र कुरा भइरहेको छ,’ उनले भने, ‘म त्यहाँ गएर उनीहरूलाई भेट्छु, अनि बाँकी कुरा फाइनल हुन्छ।’

Comments

comments