मेलबर्न । अष्ट्रेलियामा विदेशीहरुले आफ्नो योग्यता अनुसार काम नपाउने गरेको तथ्य सार्वजनिक भएको छ। ब्यांकवेस्ट कर्टन इकोनोमिक्स सेन्टर (बिसीइसी) को अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो ।

उक्त अनुसन्धानमा सम्मिलित गराइएका ५०८ जना विदेशी मध्ये ५३ प्रतिशत भन्दा माथिले आफ्नो योग्यता अनुसारको काम पाएका छैनन्। उनीहरुले आफू अष्ट्रेलिया आउनुभन्दा अगाडी गर्ने काम भन्दा तल्लो लेभलको काम गरिरहेका छन् । १४ प्रतिशतले आफू विदेशी भएका कारण, काममा विभिन्न विभेद भोग्नुपरेको समेत बताएका छन् ।

अष्ट्रेलियामा रहेको दक्ष जनशक्तिको अभावलाई विदेशीहरुले धानेको भन्दै यस्तो भेदभावपूर्ण वातावरण, अर्थतन्त्रको लागि पनि निराशाको विषय रहेको बिसीइसीले जनाएको छ । तर, निम्न उल्लेखित केही कुराहरुमा विदेशीहरुले ध्यान दिएको खण्डमा योग्यता अनुसारको काम पाउन उनीहरुलाई सजिलो हुन्छ :

– अष्ट्रेलियामा कामको संस्कृति र नियमबारे थाहा पाउने ।
– आफूमा रहेको सीपको पहिचान गरेर, त्यही अनुसारको काम छनोट गर्ने ।
– अष्ट्रेलियाका स्थानिय मानिसहरुसंग सम्बन्ध बढाउने ।
– सुरुमा केही घण्टा भल्युनटियरको रुपमा काम गर्ने ।

Comments

comments