एजेन्सी । बलात्कार गर्नको लागि बालिकामाथि आक्रमण गर्ने व्यक्तिको लिङ्ग टोकिदिएर कुकुरले बालिकालाई बचाएको छ । यो घटना अमेरिकाको अर्कंसस राज्यमा घटेको हो ।

५२ वर्षीय रंदले जेम्सले राति हिंडिरहेको समयमा बाटो छेउको घरमा खुल्ला झ्याल देखे । त्यहाँ ३ वर्षिया र ६ वर्षिया दुई बालिकाहरु सुतिरहेका थिए । जेम्स घरको पहिलो तल्लामा रहेको त्यो झ्यालबाट कोठामा छिरे र बालिकाहरुमाथि बलात्कारको प्रयास गरे। तर, ती बालिकाहरुको घरमा पालेको कुकुर आयो र उनलाई आक्रमण गर्यो । कुकुरले ती व्यक्तिको लिङ्ग टोक्यो र सख्त घाइते बनायो ।

बालिकाहरुका आमा बुवाले पुलिस बोलाएपछि उनलाई पक्रिएर अस्पताल लगिएको छ । जेम्सको लिंगमा गहिरो चोट भएकाले उनी अस्पतालमा उपचाररत छन्। बालिकाहरुको परिवारले कुकुर आफूहरुको लागि ‘हिरो’ भएको बताएका छन् ।

तस्बिर स्रोत

Comments

comments