एजेन्सी । स्टार फुटबल खेलाडी लियोनल मेसीले फुटबल क्लब बार्सिलोनासँग २०२१ को सिजनसम्मको लागि शनिबार नयाँ सम्झौता गरेका छन् । बार्सिलोनाले ट्वीटरमा फोटो सार्वजनिक गरि सम्झौताको आधिकारिक पुष्टि गरको हो ।

‘रिलिज क्लज’ ७०० मिलियन युरो तोकेर नयाँ सम्झौता गरिएको छ । यसको अर्थ, मेसीलाई किन्न चाहने क्लबले अब ७०० मिलियन युरो खर्च गर्नुपर्ने भएको छ । बार्सिलोनाले मेसीलाई ‘साइनिङ बोनस’ माफर्त ८० मिलियन पाउण्ड र बार्सिलोनाबाट खेलेबापत प्रतिहप्ता ५ लाख पाउण्ड (झण्डै ७ करोड नेपाली रुपैयाँ) दिने सर्तमा नयाँ सम्झौता भएको हो ।

सन् २००० मा १३ वर्षको उमेरमै बार्सिलोनामा आएका लेओनल मेसी सुरुमा बार्सिलोनाको जुनियर टिमबाट खेलेका थिए । बार्सिलोनाको सिसनयर टोलीबाट उनले अल्बासेटसँगको खेलमा पहिलो गोल गरेका थिए ।

Comments

comments