मेलबर्न। अष्ट्रेलियाको क्विन्सल्याण्डको एउटा तस्बिर अहिले विश्वभर फैलिरहेको छ।

उक्त तस्बिर पछाडीको कथा यस्तो छ :

हार्वे बेको एम्बुलेन्स क्रियुले जीवनको अन्तिम अवस्थामा पुगेकी एक महिलालाई स्याहारकेन्द्र तर्फ लाँदै थिए। एम्बुलेन्समै गइरहेको समयमा ती महिलाले आफूलाई जीवनको अन्तिम पटक समुद्री किनारमा जान मन लागेको बताइन्।

एम्बुलेन्स क्रियुले उनको त्यो चाहना पूरा गरिदिनको लागि उनलाई समुद्री किनारमा लग्यो। क्रियुका अनुसार उनी त्यहाँ पुगेपछि भावविहोर बनेर रोएकी थिइन् । उनी र उनका श्रीमान पहिले हार्वे बे नजिकै बस्ने गर्थे ।

अहिले त्यो फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ। पछाडीबाट लीएको उक्त फोटोमा एम्बुलेन्स क्रियुका सदस्य छेउमा उभिएका छन् भने ती महिला बिरामीको विशेष सिटमै रहेकी छिन् । यो फोटोलाई क्विन्सल्याण्ड एम्बुलेन्स सर्भिसले सामाजिक संजालमा राखेको हो ।

This story told to us by Helen Donaldson the Officer in charge of Hervey Bay is too good not to share. A crew were…

Posted by Queensland Ambulance Service (QAS) on Wednesday, November 22, 2017

Comments

comments