एजेन्सी। मन्दिर अगाडी माग्न बसेर आफ्नो जीवन गुजारा गर्दै आएकी एक महिलाले आफू माग्न बस्ने मन्दिरलाई नै करिब ४ लाख रुपैयाँ दाङ गरेकी छिन् ।

दक्षिण भारतको कर्णटका राज्यको एक मन्दिरबाहिर बसेर भिख माग्ने ८५ वर्षिया सितालाक्ष्मीले मन्दिरलाई आफूले मागेर जम्मा गरेको रकम दाङ गरेकी हुन्।

पटक पटक मन्दिरलाई चन्दा दिएकी उनी , केही दिनअघि मन्दिरको ट्रस्टका अध्यक्षसँग बैंकमा गइन् र २ लाख रुपैयाँ निकालेर दानस्वरुप मद्यिनरलाई दिइन् । पछिल्लो २ लाख र त्यस अगाडी उनले दिएको चन्दा गरेर जम्माजम्मी मन्दिरलाई ४ लाख दान गरिसकिन् ।

काम गर्न सक्दासम्म विभिन्न घरहरुमा घरेलु कामदारको रुपमा काम गर्ने ती महिला वृद्ध भइ काम गर्न नसक्ने भएपछि दक्षिण भारतको कर्णटका राज्यको मैसुरस्थित प्रसन्ना अन्जनेया स्वामी मन्दिर अगाडि भिख मागेर गुजारा गर्न थालेकी थिइन् ।

Comments

comments