वरिष्ठ गीतकर क्षेत्र प्रताप अधिकारीको शब्द रचनामा गायक आशिष श्रेष्ठको स्वरमा सजिएको  “नेपालीको आँखा भरी”  बोलको गीतले   यस बर्षको सर्वोत्कृष्ट  राष्ट्रिय भावनाको गीतको अवार्ड हासिल गरेको छ | राजधानी काठमाडौँमा आयोजित १६ औं  टुबोर्ग इमेज अवार्डमा मनोनयनमा परेका अन्य गीतहरुलाई पछि पार्दै यस गीतले अवार्ड हासिल गरेको हो | यस गीतमा संगीत चन्दन श्रेष्ठले दिएका छन् |

अष्ट्रेलियामा बसेर गायन र संगीतलाई आत्मसाथ गरि रहेका सुमधुर स्वरका धनि आशिष श्रेष्ठले एक दर्जन बढी सांगीतिक एल्बम मार्फत आफ्नो प्रतिभा पस्किसकेका छन् |   गायक श्रेष्ठले “आयान स्कुल अफ म्युजिक” नामको सङ्गीत पाठशाला खोलेर अष्ट्रेलियामा बाध्यवादन तथा भोकल ( स्वर ) कक्षा सन्चालन गरेका छन् | 

यस्तो छ यस बर्षको  सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीत

Comments