काठमाडौं। अष्ट्रेलियामा सम्पूर्ण छायांकन गरिएको चलचित्र ‘ह्याप्पी न्यु ईयर’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

नयाँ वर्षमा घटेको घटनालाई लिएर लभस्टोरीको रुपमा तपार पारिएको यो चलचित्रमा कुशल थापा, पुकार गौतम, संध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय रहेको छ । अष्ट्रेलियाका छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा रहेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्र, नयाँ वर्षको नै अवसर पारेर २९ डिसेम्बरमा रिलिज हुनेछ ।

आरके एम प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा रती थापाको लगानी रहेको छ भने, एप्पल इन्टरटेनमेन्टका मनोज अधिकारी लाइन प्रोड्युसरका रुपमा रहेका छन् ।

Comments

comments