मेलबर्न । अष्ट्रेलिया आएर आफ्नो लक्ष्यलाई मूर्त रुप दिई छुट्टै स्थान बनाउन सफल नेपाली व्यक्तिहरुमध्ये एक हुनुहुन्छ, रमेश छत्कुली । धादिङ्गमा जन्मिएर चितवनमा हुर्किनुभएका उहाँले अहिले अष्ट्रेलियाको मेलबर्नलाई आफ्नो कर्मथलो बनाइरहनुभएको छ ।

रमेश छत्कुली आइ. एससी सम्मको पढाइ सकेपछि सी.ए पढ्न भारत जानुभयो। भारतबाट पढाइ सकेर र संगै कामको केही अनुभव बोकेर नेपाल फर्किनुभएका उहाँ, केपीएमजी ग्रुप, नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा काम गर्दै नेपालको आफ्नो करियर यात्रालाई आफ्नै फर्म र नेपाल बार एसोसिएसनको कन्सल्टेन्टसम्म पुर्याउनुभयो। काठमाडौंको कामकै क्रममा सीएफए ( सर्टिफाइड फाइनान्सियल एनालिस्ट) हरु संग संगत भयो जसले गर्दा उहाँलाई अमेरिका गएर सीएफए पढ्ने तिव्र इच्छा जाग्यो । उहाँ भन्नुहुन्छ, ” मलाई अमेरिका पढ्न जाने रहर थियो, तर यस्तो संयोग पर्यो की, मलाई परिवार सहित बस्नको लागि अष्ट्रेलियाको पीआर भिसा मिल्यो । त्यसपछि म सन् २००८ मा यता आएँ। त्यो एउटा संयोग भएतापनि म यहाँको बसाइ र मेरो यहाँसम्मको यात्राले म खुशी छु।”

रमेश छत्कुलीले अष्ट्रेलिया आएपछि स्थानिय उद्ध्योगहरुमा काम गर्न थाल्नुभयो र यहाँको कामको वातावरण, नियम र अवसरबारे बुझेपछि विभिन्न कार्यालयमा अन्तर्वार्ता दिनुभएका उहाँ ट्याक्स अफिसमा जागिरको लागि छानिनुभयो। आफ्नो जागिरे यात्रासंगै आफ्नै व्यवसायको सुरुवात गरेका उहाँले NEXIA AUSTRALIA AND NEW ZEALAND को जागिरपछि २०१२ देखि पूर्ण रुपमा आफ्नै व्यवसायमै लागेको बताउनुहुन्छ । मेलबर्नमा बिजनेस कन्सल्टेन्टको रुपमा LARN Group Accountants & Advisors नामक व्यवसाय सुरु गरेको पांच वर्षमा, व्यवसायले दिएको प्रतिफलले आफू खुशी रहेको समेत उहाँ बताउनुहुन्छ।

व्यवसाय सुरु गर्नुको उद्देश्यबारे रमेश छत्कुली भन्नुहुन्छ, ” म आत्मनिर्भर हुने स्वभावको छु त्यसैले मैले आफ्नै व्यवसाय गरें र यही व्यवसाय रोज्नुको कारण चाहिं, म मानिसहरुसंग घुलमिल हुन, उनीहरुको समस्या बुझ्न, आफूले जानेको सल्लाह दिन मन पराउँछु। यहाँ मैले देखें की, थुप्रै नेपालीहरुले आफ्नो केही व्यवसाय गरेर बसेका छन् र उनीहरुलाई व्यवसायिक सल्लाहको खाँचो छ। त्यसैले मैले बिजनेस कन्सल्टेन्टको व्यवसाय सुरु गरेको हूँ। ” आफ्नो व्यवसायको क्षेत्रमा थुप्रै प्रतिस्पर्धी भएतापनि आफूले केही फरक र गुणस्तरीय सेवा दिने भएका कारण प्रतिस्पर्धादेखि डर नलाग्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार, प्रतिस्पर्धामा भन्दा बढी आफूले दिने सेवाको गुणस्तरमा ध्यान दिनु जरुरि छ ।

संसारको जुनसुकै ठाउँमा पनि व्यवसाय स्थापना गर्नको लागि चुनौती हुने बताउंदै व्यवसायी छत्कुलीले आफूले सधै केही न केही नयाँ सिक्ने र केही फरक गर्न खोज्ने बताउनुहुन्छ। आगामी दिनहरुमा आआफ्नो व्यवसायको क्षेत्रमा केही फरकपन भित्र्याएर विशेष गरि नेपाली समुदायलाई उनीहरुको व्यवसाय विस्तारको लागि अझ प्रभावकारी सहयोग गर्ने उहाँको योजना छ। व्यवसाय गर्ने चाहना राखेका नेपाली युवाहरुलाई के भन्न चाहनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा उहाँ भन्नुहुन्छ, ” नेपाली युवाहरुमा अरु देशका युवामा जत्तिकै सम्भावना छ। म त भन्छु, अझ धेरै सम्भावना छ, किनकी हामी नेपालीहरु मेहनती र इमान्दार हुन्छौं । तर, जोखिम देखि डराउने बानीले गर्दा युवाहरु व्यवसायिक क्षेत्रमा आवश्यक रुपमा अगाडी बढिरहेका छैनन् । केही प्राप्त गर्न केही जोखिम उठाउने हिम्मत गर्नैपर्छ ।”

व्यवसायी तथा रजिस्टर्ड ट्याक्स एजेन्ट रमेश छत्कुलीले संचालन गरिरहेको LARN Group Accountants & Advisors ले निम्न सेवाहरु दिन्छ :

• Tax return preparation for Individual, Company, Trust, Partnership and Self-Managed Superannuation Fund
• Personal and business accounting and Financial reports preparation
• Business registration including ABN, Company, Trust, Partnerships etc
• Bookkeeping and Business Activity Statement
• Tax planning and Business Consulting
• Business Structuring
• Business planning and budgeting
• All other small business consulting and supporting their day to day needs.

 

Comments

comments