कुनै कलाकारहरु आफ्नो काममा यतिसम्म लिप्त हुन्छनकी उनीहरु खाना खाना सम्म पनि विर्सन्छन् ।

कैटरीना कैफलाईपनि यस्तै भएको छ । तीसमार खाँ फिल्मको आईटम गीत शिलाकी जवानीमा बेली डान्स गर्दा होस या धुम थ्रीको कमलीको फ्री स्टाईल डान्स, हरेक गितमा परफेक्ट परफमेन्स दिनको लागि उनले धेरै कठोर परिश्रम गर्न पछि परिनन् ।  यस्तै पछिल्लो समय बैँग बैँग फिल्मको लागि पनि उनले त्यति नै कठोर परिश्रम गरेकी छन् । यो फिल्ममा उनले बलिउड स्टार क्रृतिक रोशनसंग रोमान्स गरेकी छन् । यस फिल्ममा आफ्नो बेष्ट पर्फमेन्सको लागि उनले हरतरहको कोसिस गरेकी छिन् । सुटिङ सिद्धिएपछि पनि धेरै समयसम्म रिहलर्सलमा यति धेरै व्यस्त हुन्थिन् कि उनले खाना खानसम्म पनि विर्सिएको कुरा बाहिर आएको छ ।

कोरियोग्राफर बोस्को सीजरले पनि उनलाई मिहिनेत गर्नुको साथै समयमा खाना खान पनि सुझाव दिएका थिए ।

Comments

comments