काठमाडौं। साउथ ईन्डियन चलचित्रका नायक धनुषले हलिवुड यात्रा तय गरेका छन् । हाल उनी हलिवुड फिल्म ‘द एक्स्ट्राअर्डिनरी जर्नी अफ द फकीर’ मा व्यस्त छन् ।

‘द एक्स्ट्रा अभिनित हलियुड चलचित्र ‘द एक्स्ट्राअर्डिनरी जर्नी अफ द फकीर’नको फस्टलुक पोस्टर सार्वजनिक भएको छ । बलिवुड तथा साउथ चलचित्रका बादशाह स्टार रजनिकांतका ज्वाई समेत रहेका धनुषको यो पहिलो हलिवुड चलचित्र हो । सार्वजनिक फस्टलुकमा धनुषसंगै फिल्मका मुख्य ५ कलाकारलाई देख्न सकिन्छ । कमेडी शैलीमा फर्स्ट लुकमा धनुष निलो गेटअपमा देखिएका छन् ।

11_37_02051000012-ll

फिल्मको प्रदर्शन मिती भने घोषणा गरिएको छैन । ‘द एक्स्ट्राअर्डिनरी जर्नी अफ द फकीर’ अजातशत्रुको कहानी हो, जो एक फकीर हुन् । आफ्नो विचित्र पितालाई खोज्न उनी एक असाधारण यात्रामा निस्कन्छन् । फिल्मलाई मुम्बई, रोम, पेरिस जस्ता लोकेसनमा फिल्मांकन गरिएको हो । धनुषसंगै फिल्ममा फ्रान्सिसी एक्टर बेरेनाइस बेजो, बरखाद अब्दी र एरिन मोरियट्री पनि मुख्य भूमिकामा छन् ।

Comments

comments