मेलबर्न । अष्ट्रेलियाको एक क्रिस्चियन कलेजले समलिंगी भएको शंकामा शिक्षकलाई बर्खास्त गरेको छ। पर्थमा रहेको साउथ कोस्ट ब्यापटिस्ट कलेजले क्रेइग क्याम्पबेललाई बर्खास्त गरेको हो ।

क्याम्पबेलले सामाजिक संजालमा एक फोटो राखेका थिए, जुन उनका विद्यार्थीहरुले देखे । कलेजमा उक्त फोटोको चर्चा चल्यो र उनी समलिंगी भएको ठम्याइयो। उक्त कलेज प्रशासनले समलिंगी विवाह कलेजको मान्यता विपरित भएको भन्दै उनलाई बर्खास्त गरियो । सोही कलेजमा पढेका क्याम्बेलले तीन वर्षदेखि पढाउँदै आएका थिए ।

अष्ट्रेलियामा भर्खरै सम्पन्न जनमत संग्रहमा समलिंगी विवाहलाई मान्यता दिनुपर्नेमा बहुमत आएको छ । अष्ट्रेलिया सरकारले बहुमतको कदर गर्दै समलिंगी विवाहलाई कानुनि मान्यता दिने निर्णय समेत गरिसकेको छ।

समाचार, तस्बिर स्रोत : 7 News 

Comments

comments