मेलबर्न । अष्ट्रेलियामा अनुसन्धानको घेराभित्र परेको नेपालीद्वारा संचालित शैक्षिक संस्थाले मुद्दा जितेको छ । आरजीआइटी अष्ट्रेलियाले एएसक्युएसँगको मुद्दा जितेको हो ।

गत मे महिनामा मापदण्ड पूरा नगरेको भन्दै आरजीआईटीलाई पठाईएको निलम्बन सम्बन्धी सूचना एएसक्युएले खारेज गरेको छ । अष्ट्रेलियाको शौक्षिक मापदण्डबमोजिम काम नगरेको भन्दै निलम्बन पत्र आएपछि एएसक्युएले आरजीआईलाई अनुसन्धानको घेरामा राखेको थियो । त्यसपछि एक महिनासम्म चलेको अनुसन्धानमा आरजीआईटीको कुनै पनि कमजोरी भेटिएन। र, एएसक्युएले आरजीआइटीमाथि लगाएको मुद्दा फिर्ता गरेको छ ।

एएसक्युएको निर्णयलगत्तै आरजीआईटीका प्रमूख कार्यकारी निर्देशक चन्द्र योञ्जनले भन्नुभयो, ‘ यो खबरले म अत्यन्तै हर्षित, खुशी र प्रफुल्ल भएको छु । यो कठिन समयमा साथ दिने यस संस्थाका सबै कर्मचारीहरु, यो मुद्दाको लागि सहयोग गर्ने सबै कानुनी सल्लाहकार तथा वकिलहरु, परिवार, नातेदार, साथीहरु, विद्यार्थीहरु, शुभचिन्तक, एजेन्ट, व्यवसायिक साझेदार सबैप्रति म कृतज्ञ छु। र, सदाजसो मैले सुन्दै आउँदै गरेको र विश्वास गरेको भनाइलाई सम्झन चाहन्छु, इमान्दारिता र सत्यताले सँधै जीत हासिल गर्दछ, कहिल्यै हार्दैन जुन कुरा आज प्रमाणित भएको छ । ‘

यस मुद्दाको फैसलाले आरजीआईटी एक प्रतिष्ठित र गुणस्तरीय सेवा दिंदै सही कार्यले आफ्नो लक्ष्य प्राप्तीमा दृढ रहने संस्था हो भन्ने प्रमाणित गरिदिएको छ ।

Please follow and like us:

Comments