काठमाडौं । एमाले नेता काठमाडौं–६ का प्रदेश सभा उम्मेदवार केशव स्थापितले केही दिन अघि कांग्रेसका युवा नेतालाई अनुदानको विषयमा आरोप लगाएका थिए।

स्थापितले अनुदान लिएर थापाले नुवाकोटमा बाख्रापालन गरेको आरोप लगाएका थिए। त्यो आरोपपछि गगन थापाले आफूलाई झुटो आरोप लगाएको भन्दै भिडियो मार्फत सो आरोपको खण्डन गरेका छन् ।

थापाले आफू त्यति कमजोर धरातलमा नउभिएकाले यस्ता आरोप लगाउनुअघि हजार पटक सोच्न समेत आग्रह गरेका हुन्।

हेर्नुहोस् भिडियो :

Comments