काठमाडौं । बहुप्रतिक्षित बलिवुड चलचित्र ‘टाइगर जिन्दा है’ को पहिलो गीत ‘ स्वाग से स्वागत ‘ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सलमान खान र कट्रिना कैफ फिचरिङमा छन् ।

ट्रेलरबाट नै किर्तिमान बनाइसकेको यो चलचित्रको गीतले पनि किर्तिमानीको बाटो लिने अनुमान धेरैको छ । गीतमा संगीत विशाल र शेखरको छ भने सलमान खान र कट्रिना कैफ फिचरिङमा छन् ।

आदित्य चोपडाले निर्माण गरेको यो चलचित्र यशराज ब्यानरमा तयार भएको हो । फिल्ममा निर्देशन अलि अब्बास जफारको छ । यो चलचित्र केहि बर्ष पहिले रिलिज भएको ‘एक था टाइगर’ को सिक्वेल हो ।

Comments

comments