मेलबर्न। बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सी शैक्षिक संथा मात्र नभएर विभिन्न कार्यक्रम मार्फत अष्ट्रेलियामा बस्ने नेपालीहरुको लागि सहयोग र मनोरन्जनको साथी बनिरहेको छ। यसैक्रममा, बिएमडब्लुले एउटा नयाँ कार्यक्रम लिएर आएको छ, ‘ फिफा १८ प्लेस्टेसन प्रतियोगिता’ ।

विशेषगरि विद्यार्थी तथा युवावर्गलाई लक्षित यो प्रतियोगिता आगामी नोभेम्बर २३ देखि २६ तारिखसम्म  हुनेछ। तीन दिन अर्थात् २३ देखि २५ तारिखसम्म सम्पूर्ण सहभागीहरुबीच प्रतिस्पर्धा हुनेछ भने, अन्तिम दिन, २६ तारिखका दिन, ती सहभागीहरुबाट छनोट भएका उत्कृष्ट सहभागीहरुबीच फाइनल प्रतियोगिता हुनेछ। फाइनल प्रतियोगिताबाट उत्कृष्ट एक जनालाई नगद ५०० अष्ट्रेलियन डलर सहित सम्मान गरिनेछ।

प्रतियोगिताबारे बिएमडब्लुका सरोज खनाल भन्छन् ,” यहाँ विद्यार्थीहरु एकोहोरो दैनिकी र पढाइ तथा कामको चापले दिक्क भइरहेका हुन्छन्। जसले गर्दा उनीहरु निरासामा समेत धकेलिन्छन् । त्यसैले युवा तथा विद्यार्थीलाई मनोरन्जनको यो नयाँ माध्यम ‘ पीएस 4 ‘ प्रतियोगिताबाट रिफ्रेसमेन्ट मिलोस् र संगै नेपालीहरुबीच सम्बन्ध विस्तार होस् भन्ने उद्देश्यले हामीले यो प्रतियोगिता आयोजना गरेका हौँ । युवा तथा विद्यार्थीलाई लक्षित गरिएतापनि यस प्रतियोगितामा सहभागी हुन इच्छुक जोकोही सहभागी हुन सक्नेछन्। ”

प्रतियोगिता Suite 218, Level 2, 530 Little Collins Street Melbourne मा हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहेमा 0396143440 अथवा 0426954704 मा सम्पर्क गरेर नाम दर्ता गर्न सकिनेछ।

Comments

comments