मेलबर्न । एनआरएनए अष्ट्रेलियाको रिक्त पदहरुमा गरिएको मनोनयनको विषयमा कार्य समितिका पदाधिकारीभित्रै तीव्र मतभेद देखिएको छ ।

अगष्ट १९ तारिख आईतवारका दिन आयोजित एनआरएनए अष्ट्रेलियाको कार्यसमिति –एनसीसी वैठकमा अध्यक्ष टोनु घोतानेले प्रवक्ता, जनसम्पर्क अधिकृत तथा केही सदस्यहरु मनोनयन गर्नु भएको थियो । तर उक्त मनोनयन एकलौटी रुपमा गरिएको विधान सांगठनिक प्रक्रिया र पदीय आचरण विपरीत भएको उपाध्यक्ष,कोषाध्यक्ष तथा कार्यसमितिका केही सदस्यहरुले गम्भीर आपत्ती र असहमति जनाएका छन् ।

असन्तुष्ट पदाधिकारीहरुका तर्फबाट जारी गरिएको विज्ञप्तिमा कार्यसमिति निर्वाचित भएको समयभन्दा तीन महिना ढिला गरी भएको उक्त मनोनयन विधानतः गैह्र जिम्मेवार भएको दाबी गरिएको छ ।

विज्ञप्तिको पूर्ण विवरण यस्तो छ :

प्रेश विज्ञप्ती

आदरणीय एनआरएनए अष्ट्रेलिया संग सम्वद्ध सदस्य सरोकारवाला तथा सञ्चारकर्मी मित्रहरु ,

यही अगष्ट १९ तारिख आईतवारका दिन आयोजित एनआरएनए अष्ट्रेलियाको कार्यसमिति –एनसीसी वैठकमा अध्यक्ष टोनु घोतानेले अमर्यादित तवरले विधान सॉगठनिक प्रकिया र पदिय आचरण विपरीत एकलौटी रुपमा कार्यसमितिमा प्रवक्ता, जनसम्पर्क अधिकृत तथा सदस्यहरु मनोनयान गर्नु भएको छ । कार्यसमिति निर्वाचित भएको समयले तीन महिना ढिला गरी भएको सो गैह्र जिम्मेवार मनोनयनका विषयमा हामी उपाध्यक्ष ,कोषाध्यक्ष तथा अधिकांश कार्यसमितिका सदस्यहरुको गम्भीर आपत्ती र असहमति भएको स्पष्ट पार्न चाहन्छौ । हिजो बैठकमा उठेका केही गम्भीर प्रश्न र अध्यक्षको गैह्र जिम्मेवार प्रस्तुतीवारे यहा उल्लेख गरिएको छ ।

१, अध्यक्षले प्रश्ताव गरेका ६ जना मध्ये अधिकांश नाम विवादित थियो जसमा उपस्थीत अधिकांशले विधान र मर्यादाका ख्यालै नगरी सामाजिक संस्थाको प्रतिनिधित्व सामाजिक हिसावले नगराई आफू निकट हरुमात्र राखेर एकलौटी ढंगले ल्याईएको प्रश्ताव अव्यावहारिक भएकाले सबै समुदायको प्रतिनिधित्व हुनेगरी अघि बढ्न सुझाएका थिए ।

२, सदस्यहरुले विधान विपरीत ल्याईएको उक्त प्रश्तावलाई फिर्ता गरी संस्थाको गरिमा र नैतिकतालाई ध्यान दिन वारम्वार गरिएको अनुरोधमा वहुमतको दम्भमा निर्णय भएको घोषणा गरियो यो आफैमा हास्यसपद र अनैतिक थियो ।

३ एनआरएनए अष्ट्रेलियाको विधानको दफा १८को उपदफा २मा स्पष्ट रुपमा मनोनयन गरिने ६ जना मध्ये २ जना समुदायमा रहेका पेशागत दक्षता भएका नेपालीलाई कार्यसमितिको सिफारिषमा छान्न पर्नेमा विधानको खिल्ली उडाउदै मनपरी मनोनयन गरियो । विधान अनुसार बांकी २ जना संस्थालाई विशेष योगदान गरेका व्याक्तिलाई मनोनयन गर्न पर्ने स्पष्ट व्यावस्था भए पनि विधानको मर्मलाई लत्याई कार्य समिति सदस्यहरुले विरोध गर्दै गर्दा एनआरएनएका निर्वाचित पदाधिकारीलाई हातपात गर्दै दादागिरी देखाएका व्याक्तिलाई समेत छनोट गरियो ।

४ एनआरएनए आईसिसिको विधान अनुसार तत्कालिन ( पछील्लो ) निर्वाचनमा हारेका व्याक्तिलाई कार्यसमितिमा मनोनयन गर्न नपाउने स्पष्ट व्यावस्था हुदाहुदै सो विधानको खिल्ली उडाउंदै गत जुलाईमा सम्पन्न एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सचिव पदका पराजित उमेद्धवार लाई समेत संस्थाको विधान मर्यादा र नैतिकता विपरित प्रवक्तामा मनोनयन गरियो ।

५ आठ हजार बढी साधारण सदस्य रहेको एनआरएनए अष्ट्रेलियाका मनोनित ६ जना सदस्यमध्ये करीब ३५ प्रतिशत सदस्य मात्र रहेको न्यू साउथ वेल्स राज्य बाट मात्र ५ जना मनोनयन गरीयो तर करिब ६५ प्रतिशत सदस्य रहेको वाकी क्षेत्रबाट एक जना भन्दा मनोनयन गरिएन ।

६ करिव ५० प्रतिशत महिला सदस्य रहेको संस्थामा कोही पनि महिला मनोनयन नगरिदा संस्थाको नेतृत्वको गलत प्रवृति हावी हुदै संस्थाको गरिमामाथि नै आंच पुगेको छ ।

७ बैठकका क्रममा आफ्नो प्रश्तावको अध्ययक्षले प्रश्ट पार्न नसकेपछि संस्थाको विधान विपरित सेरेमोनियल उपस्थितीमात्र जनाउन पाउने केही आईसिसी सदस्यलाई निर्णय प्रक्रियामा समेत हस्तक्षेप गर्न लगाई हैकम देखाउदै अध्यक्षले जबरजस्ती निर्णय गराउनु भयो ।

तसर्थ एनआरएनए जस्तो संसारभरका नेपालीको भावना जोडिएको गरिमामय संस्थालाई व्याक्तिगत स्वार्थपूर्तीको उदेश्यले गरिएको उक्त कार्यको हामी खेद व्याक्त गर्दै गम्भीर आपत्ती जनाउंछौ । वर्षौसम्म अग्रजहरुले कायम राखेको संस्थाको गरिमा विश्वासनियता र सफलताकालागि एनआरएनएको विधान मर्म र भावनालाई समेत लत्याएर आपसी सहमती र सहकार्य विना गरिएको उक्त अनैतिक निर्णय तत्काल फिर्ता गरी संस्थाको विश्वासनियता गरिमा र आपसी भावनालाई जोड्दै जिम्मेवार भई मनोनयन तथा संस्थाका भावी प्रक्रिया अघिबढाउन हामी माग गर्दर्छौं । विधान विपरीत भएका सवै कृयाकलापको आईसिसि समक्ष निवेदन गरी खारेजी पकृया अघिबढाउने जानकारी गराउँछौ । साथै संस्थाको मूल्य मान्यता र गरिमालाई बचाउन सबै सरकोकारवाला पक्ष सदस्य तथा समाजिक अगुवाहरुलाई एकजुटहुन अनुरोध गर्दछौ ।
धन्यवाद ।

उपाध्यक्ष: अशोक केसी
कोषाध्यक्ष: अच्यूत शर्मा थपलिया

सदस्यहरु
अजय राजवंशीगग
अमित गिरी
दिपक तिवारी
नवीन सागर शर्मा
गिता लम्साल
सुनिल थापा
सुरेश रेग्मी

Comments

comments