काठमडौं । निर्वाचन नजिकिएसँगै श्रृखलाबद्ध रुपमा बम विस्फोटका घटना भइरहेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खटकिएको छ ।

एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जनार्दन शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै गृहमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । तर, सोमबार मात्रै गृह मन्त्रालयमा आयोजित प्रदेश नम्बर तीनको सुरक्षा बैठकमा उपस्थित हुनेगरी पहिलोपटक प्रधानमन्त्री देउवाले गृह मन्त्रालयमा टेकेका हुन् ।

कार्यक्रममा करिब आधा घन्टा बसेका देउवा त्यसलगत्तै वालुवाटार लागे । गृहका उच्च अधिकारीका अनुसार निर्वाचनका बेला प्रत्येक पल पलमा गृहमन्त्रीको ठाडो निर्देशन आवश्यक पर्छ, तर यस्तो बेलामा प्रधानमन्त्री ब्यस्त हुँदा कतिपय तत्काल लिनु पर्ने ‘एक्सन’ र काम कारबाही प्रभावित भइरहेको छ ।

माओवादी मन्त्री शर्मालाई बिना बिभागीय बनाईएपछि प्रधानमन्त्रीले पार्टिभित्रका कोही विश्वास पात्रलाई गृह मन्त्रालयको भूमिका सुम्पने ठानिएको थियो ।

Comments

comments