काठमाडौं। केही महिना अगाडी रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले राम्रो व्यापार गरेपछि निर्माता सुदर्शन थापाले त्यसको सिक्वेल निर्माण गर्ने घोषणा गरेका थिए । उनले यही वर्ष ‘म यस्तो गीत गाउँछु २’ निर्माण गर्ने घोषणा गरेका हुन् ।

निर्माणको घोषणा गरेर, स्क्रिप्ट तयार भइसकेतापनि फिल्म निर्माणको मिती भने तय भइसकेको छैन । ‘म यस्तो गीत गाउँछु’ मा जोडीको रुपमा देखिएका अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको जोडी नै यसको सिक्वेलमा पनि देख्न सकिने बताइएको थियो। तर, निर्माण मिती तय नहुँदा पल शाहले भने उक्त फिल्म नगर्ने मनस्थिति बनाएका छन्।

एक वर्षमा एक एउटा फिल्म मात्र खेल्ने निर्णय गरेका अभिनेता पल शाह अहिले ‘शत्रु गते’ को काममा व्यस्त छन् ।

Comments

comments