मेलबर्न । अष्ट्रेलियामा भिसा सम्बन्धि विभिन्न नयाँ नियमहरु आइरहेका छन् । यी नयाँ नियमले भिसामा अंकुश लगाउने प्रशस्त सम्भावना छ। यही भिसा सम्बन्धि कडाइ गर्ने प्रक्रियामा नै सरकारले फेरी नयाँ नियम ल्याएको छ ।

के छ त नयाँ नियम ?

गत शनिबार देखि लागु हुनेगरी सार्वजनिक गरिएको नयाँ नियम अनुसार , अष्ट्रेलियाको अस्थायी भिसा, जस्तै : विद्यार्थी, व्यवसाय , कामदार, अभिभावक आदि भिसा लिएकाहरुले निम्न कार्य गरेमा भिसा रद्द हुनेछ :

१. कुनै पनि व्यक्तिलाई धम्काउने, चेतावनी दिने तथा कुनै हानी अथवा नोक्सान पुर्याउने कार्य गरेमा ।

२. कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न भएमा ।

३. यदि भिसा वाहकको सक्कली नाम र अष्ट्रेलियाको कुनै पनि कार्यालयमा पेश गरेको कागजातमा रहेको नाम फरक पर्न गएमा। फरक परेको थाहा पाउना साथ भिसा वाहकले नाम सच्याउनुपर्छ। नसच्याएको पाइएमा भिसा रद्द हुन्छ।

Comments

comments