एजेन्सी। भारतीय कमेडियन कपिल शर्माले आफ्नो देशका राष्ट्रपति नरेन्द्र मोदीलाई रक्सिको नशामा गाली गरेको बताएका छन् । उनले आफू होसमा नभएको समयमा प्रधानमन्त्रीलाई गालि गरेर ट्वीट गरेको भन्दै माफी मागेका हुन् ।

केही समयअघि कपिल शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गरेर ट्वीट गरेका थिए – म हरेक वर्ष सरकारलाई १५ करोड रुपैयाँ कर तिर्छु। तैपनि मुम्बईमा आफ्नो अफिसका लागि बिएमसी (मुम्बई नगरपालिका) लाई ५ करोड घुस दिनपर्यो। यसपछि उनी निकै विवादमा घेरिए।

यसमा स्पष्टीकरण दिंदै उनले भनेका छन् ‘त्यो ट्वीट गर्दा म रक्सीको नशामा थिएँ । भोलिपल्ट बिहानमात्र थाहा भयो मैले के गरेँ भनेर।’

उनले आफूलाई प्रस्ट्याउँदै भने, ‘जब म टिभीमा आफ्नो करियर सुरु गर्दै थिएँ, खुब मिहिनेत गरेँ। दस वर्षसम्म कुनै ब्रेक नलिइ काम गरेँ। मैले नै थाहा पाइनँ, म कहिले साइकलबाट मर्सिडसज चलाउने भएँ। मैले सबै कुरा पाएँ। तर, यी सब कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने थाहा पाइनँ।’

उनले रक्सीका कारण निकै समस्या झेले पनि आफ्ना लागि म्यानेजर जा सहयोगी राख्नेबारे ध्यान नपुगेको पनि बताएका छन्। ‘मैले जे गरेँ, नसोची नै गरेँ,’ उनले भने।

‍मोदीलाई ट्याग गरेको ट्वीटबारे बोल्दै उनले भने, ‘जब मैले ट्वीट गरेँ तबसम्म दुई पेग रक्सी लिसकेको थिएँ। मलाई रिस उठिरहेको थियो र मैले उनलाई आफ्नो व्यक्तिगत मामिलामा घसेटेँ। खासमा म सानैदेखि यस्तै छु।’

साथीहरुसँग खेल जितेपछि आफू होस्टल फर्कने र रक्सी पिउने गरेको बताउँदै उनले भने, ‘त्यसबेला पनि म रक्सी खाएको भोलिपल्ट सबै बिर्सन्थेँ। मैले के गरेँ थाहा हुन्न।’

‘म ३६ वर्षको भइसकेँ। अब भने मैले उमेरका हिसाबले चल्नुपर्ने जरुरी छ। केही गर्नुअघि सोच्न एकदमै आवश्यक छ,’ उनले भने।

कलर्स टिभी च्यानलसँगको मनमुटावमा रक्सीकै नशामा आफूले गलत ट्वीट गरेको उनले बताए। उनका अनुसार कलर्ससँग मनमुटाव भएर फर्केपछि रक्सी खाए र ‘कमेडी नाइट्स विद कपिल’ बन्द गर्ने भन्दै ट्वीट गरे।

‘मलाई बिहान मात्र थाहा भयो मैले के गरेँ भनेर। च्यानलका कारण म रिसाएको थिएँ,’ उनले भने, ‘उनीहरुले कमेडि नाइट्स बचाओ भन्ने शो ल्याउने भए। दर्शकलाई अलमलमा नपार्नुहोस् भनेर मैले भनेको थिएँ। मरो रिस जायज थियो। तर, व्यक्त गर्ने तरिका गलत भयो।’

आफ्नो नयाँ फिल्म ‘फिरंगी’ को प्रचारमा लागेका उनी फेरि ‘दी कपिल शर्मा शो’ मा फर्कने भएका छन्।

Comments

comments