एजेन्सी । बलिवुड चलचित्र पद्मावतीको रिलिज कार्यक्रम स्थगित भएको छ। डिसेम्बर १ मा रिलिज गर्ने भएको योजना , पद्मावतीको कथाले गर्दा आएको विवादका कारण स्थगित भएको हो।

राजपूत समुदायको भावनामाथी खेलवाड पुर्याउँदै तथा इतिहास बङ्ग्याउने काम फिल्ममा गरेको भन्दै वलिउड फिल्म ‘पद्मावती’ रिलिज रोक्ने विषयमा भारतमा चौतर्फी विवाद बढेको छ ।

सत्तारुण दल भारतिय जनता पार्टीदेखि विभिन्न समुदायबाराजपूत समुदायका एक नेताले भंसालीको शिर आफ्नो सामु ल्याउनेलाई ५ करोड पुरस्कार दिने घोषणा गरेको वलिउड अनलाइन भास्करले लेखेको छ । जुनकुराले यतिबेला वलिउडमा तहल्का मच्चाएको छ । तर निर्देशक भंसाली भने आफुले इतिहास बिगार्ने गरी कुनै पनि काम नगरेको दाबी गर्दै आएका छन् ।ट यो फिल्मको रिलिज रोक्न दबाब बढ्दै जाँदा पछिल्लो पटक निर्देशक सञ्जयलिला भंसालीको शीर नै छेदन गरेर ल्याउनेलाई इनाम घोषणा गरिएको छ ।

फिल्ममा रणविर सिंह राजपूत समुदायका खिलजी बनेका छन् जुन भुमिका नै फिल्ममा ल्याउँदा वास्तविकताबाट बाहिर देखाउन खोजिएको दाबी राजपूत समुदायको छ । रानी पद्मावतीले कहिल्यै खिलजीलाई नभेटेको भन्दै फिल्ममा यो कुरालाई गलत रुपमा प्रयोग गरिएको समेत दाबी छ ।

यो फिल्ममा रणविरसँगै दीपिका पादुकोण र शाहिद कपुर लिड अभिनयमा छन् । दीपिका फिल्ममा शाहिदको श्रीमतीको भुमिकामा छिन् ।

Comments

comments