काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन आफ्नै निवासमा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

उनको निधन लाजिम्पाटस्थित निवासमै भएको खुलेको हो । उनी शुक्रबार राति लाजिम्पाटस्थित निवासमै सुतेका थिए ।

अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाको छ । अस्पतालले अनुसार प्रकाशलाई आइतबार बिहान ५ : ५० मा अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो ।

उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलीसकेको थियो । चिकित्सकले उनलाई ५स्५९ मिनेटमा मृत घोषणा गरेका थिए । मृत्युको कारण खुलाइएको छैन ।
पारिवारिक स्रोतका अनुसार शुक्रबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी विना पनि कञ्चनपुरतिरै थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन् । आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए ।

सामान्य ज्वरो आए पनि प्रकाशले बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको पारिवारिक स्रोतले बतायो ।

खाना खाएपछि सुत्नका लागि आफ्नो कोठामा पसेका प्रकाशले फेसबुकहरु केही पनि चलाएनन् । उनले राति ११ बजेतिर उनले झापातिर एउटा म्यासेज पठाएको उनको मोवाइलबाट देखिएको स्रोतले बताएको छ ।

प्रकाश दाहाल बिहानै चाँडै उठ्थे । तर, शनिबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल कोठामा पसिन् र उठाउन खोज्दा चलमल नगरेपछि हातले घच्घच्याइन् । उनको होस गुम भइसकेको थियो ।

छोरो अचेत अवस्थामा देखेपछि आमाले हतार—हतार सन्तु दराईलाई बोलाइन् । त्यहाँबाट गाडीमा हालेर नर्भिक अस्पतालमा पुर्‍याउँदा बिहानको करिब पौने ६ बजिसकेको थियो । त्यसबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

तीन दिनयता केही अस्वस्थ रहेका दाहाल चुनावी प्रचारमा प्रचण्डसँग झापा गएका थिएनन् । वुवा प्रचण्ड झापातिर लागेपछि उनी भने त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए ।

Comments