काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको निधन भए लगत्तै उनकी आमा सीता दाहालको पनि स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

आमा सीता दाहालको पनि स्वास्थ्यमा समस्या देखिएपछि डाक्टरको एक टोलीले लाजिम्पाटस्थित दाहाल निवासमा पुगेर उपचार गराइरहेको स्रोतले जनाएको छ । पुत्रवियोगको आघातका कारण उनको स्वास्थ्य अवस्था नाजुक बनेको स्रोतले जनायो ।

गम्भिर बिरामी भएर अस्पताल भर्ना भएका प्रकाश दाहालको आइतवार विहान निधन भएको हो ।

आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो।

अस्पताल स्रोतका अनुसार प्रकाश दाहाललाई पौने ६ बजे अस्पताल ल्याइपुर्याए पनि प्रारम्भिक रिपोर्टमा १ बजे नै पहिलो स्ट्रोक भएको देखिएको छ ।

दाहालको निधनको खबर फैलिएपछि अहिले नर्भिक अस्पतालमा शुभ चिन्तकहरुको ठूलो भीड लागेको छ । चुनावी प्रचारकालागि झापा पुग्नुभएका पिता पुष्पकमल दाहाल पनि आज विहानै हेलिकोप्टर चार्टर गरेर काठमाडौं आउनुभएको छ ।

File Photo

Comments

comments