मेलबर्न । अष्ट्रेलियामा रहेका नेपालीहरु व्यस्त दैनिकाका बावजुद पनि विभिन्न पर्व तथा अवसरलाई धुमधामका साथ मनाउन अग्रसर हुन्छन् । आउंदै गरेको नयाँ वर्षको लागि पनि अष्ट्रेलिया बस्ने नेपालीहरुले कार्यक्रमको योजना बुन्न थालिसकेका छन्।

यसैक्रममा नेप्को इन्टरटेनमेन्ट र ग्रेस इन्टर्नेशनलको सहकार्यमा ‘धमाका २०१८’ हुनेभएको छ । आयोजकका अनुसार, लोकप्रिय कलाकारहरु प्रमोद खरेल, सम्झना लामिछाने मगर, प्रकाश सपुत, पूर्णिमा लामाको प्रस्तुती रहने कार्यक्रममा सांगीतिक धमाका हुनेछ।

आगामी २०१८ जनवरी ६ , शनिबारका दिन हुने यस धमाकेदार कार्यक्रमको प्रवेश शुल्क २० डलर तोकिएको छ। कार्यक्रम,43 Melwille RD , Brunswick West Vic 3055 स्थित Estonian Houseमा बेलुका ६ बजेदेखि सुरु हुनेछ ।

कार्यक्रमलाई हिमाली कल्चरल ग्रुपले व्यवस्थापन गर्नेछ।

Comments

comments