मेलबर्न । चितवन घर भएका र हाल अष्ट्रेलियाको भिक्टोरियामा बस्दै आइरहेका व्यक्तीहरुले एकताबद्ध भएर अगाडी बढ्ने उद्देश्यले ‘चितवन समाज भिक्टोरिया’ को स्थापना गरेका छन् । स्थापना भएदेखी नै विभिन्न सामाजिक कार्यक्रम, एक अर्कालाई सहयोग, नेपालको सांस्कृतिक प्रबर्द्धन, चितवनवासी बीच एक अर्कामा सम्बन्ध विस्तार आदि कार्य गर्दै आइरहेको छ।

आफ्नो सामजिक कार्यलाई अगाडी बढाउने क्रममा हालै मात्र यस समाजले चितवन भरतपुर महानगरपालिका-२३ का क्यान्सर पिडित आस बहादुर गुरुङलाई स्वास्थ्य उपचारको लागि सहयोग गरेको छ । चितवन समाज भिक्टोरियाले आर्थिक रुपमा कमजोर परिवारका आस बहादुरलाई नगद ५० हजार सहयोग गरेको हो।

समाजले उक्त रकम हस्तान्तरण समेत गरिसकिएको जानकारी दिंदै , आफ्नो सामाजिक दायित्वलाई पूरा गर्न कहिल्यै पछि नहट्ने समेत बताएको छ ।

Comments

comments