मेलबर्न। अष्ट्रेलिया आएका विद्यार्थीहरुमा उदासिनता र डिप्रेसनमा जाने सम्भावना हुन्छ। घर तथा देशबाट नै टाढा हुनु, नयाँ परवेश, काम र पढाइको चपेटा आदिले गर्दा विद्यार्थीमा उदासिनता बढ्छ। उदासिनताबाट निस्किन र डिप्रेसनबाट बाहिर जान विद्यार्थीले निम्न उपाय अपनाउन सक्छन् :

१. अंग्रेजी भाषाको अभ्यास गर्ने । यसले आफ्नो क्षमतामा वृद्धि गर्छ र आत्मविश्वास जाग्छ।

२.सप्तान्हमा साथीहरुसंग घुम्न जाने ।

३. आफ्नो समुदायका मानिसहरुसंग परिचय गर्ने, कार्यक्रमहरुमा जाने ।

४. पढाइ र कामको बोझप्रति पहिल्यै सजग बन्ने र त्यही अनुसार समय व्यवस्थापन गर्न कोसिस गर्ने ।

५. आफ्नो लक्ष्यलाई सधै सम्झिने र लक्ष्यप्रति अडिग रहने ।

६. आफूमा केही निराशा छाएको छ वा केही कुराले चिन्ता परिरहेको छ भने, साथी वा कोही विश्वासिलो व्यक्तिसंग कुरा गर्ने ।

७ . डिप्रेसनमा जान लागेको शंका लागेमा मानसिक स्वास्थ्य सम्बन्धि संस्थामा सम्पर्क गर्ने।

Please follow and like us:

Comments