काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको निधन भएको छ ।

अचानक हृदयाघात भएपछि दाहाललाई काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारार्थ लगेको थियो । उनको आइतबार बिहान पाँच बजेर ३८ मिनटमा निधन भएको अस्पतालले घोषणा गरेको हो ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष पुष्पकमल हेलिकोप्टरमा काठमाडौं फर्किँदैछन् ।

त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन्

Comments

comments