तनहुँ । तनहुँमा निर्वाचन प्रचार प्रसारमा हिँडेको समयमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडीमा बम प्रहार भएको छ । बम प्रहार हुँदा एक जना सुरक्षाकर्मी घाइते भएका छन् ।

नेता पौडेल लमजुङको आम सभालाई सम्बोधन गर्न जाने क्रममा बम प्रहार भएको बताइएको छ । तनहुँको भानु नगरपालिका १० स्थित नेपाल डाँडामा बा १३ च ३७४२ नम्बरको गाडी बम प्रहार गरिएको हो ।

Comments