नेपाली टेलिभिजन दर्शकहरु माझ चिरपरिचित नाम एक कुशल टेलिभिजन अन्तर्वार्ता कार्यक्रम प्रस्तोता विजयकुमार पाण्डेको “खुसी” एक भब्य र सभ्य कार्यक्रमका बीच सार्वजनिक गरिएको छ | शुक्रवार राजधानी काठमाडौँको पाँच तारे होटल याक एण्ड यतिमा आयोजित भव्य समारोहमा खचाखच ‘हाइ-प्रोफाइल’ माझ पुस्तक विमोचन गरिएको हो। आमन्त्रितलाइ मात्र प्रवेश दिईएको पुस्तक विमोचन कार्यक्रमको प्रारुप सामान्य भन्दा फरक थियो , यस अर्थमा की समारोहमा उपस्थित व्यक्तित्वहरु  नेता, सम्पादक, अभिनेता, व्यापारी, आध्यात्मिक गुरुदेखि समाचार वाचक अनि समाजसेवीहरु सम्म थिए |  फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तक ” खुसी”  विमोचन कार्यक्रमको सञ्चालन गरेकी थिईन्  अभिनेत्री गौरी मल्लले ।

विमोचन कार्यक्रममा विजयकुमारले किताब बिक्रीबाट पाएको रोयल्टी समाजसेवाको लागि खर्च गर्ने बताएका छन् । उनले आफूले पाएको रोयल्टी फुलकुमारी महतो ट्रष्टलाई दिने घोषणा सोहि समारोहमा गरे । कार्यक्रममा एनेकपामाओवादी अध्यक्ष प्रचण्ड, डा. तुलसी गिरी, केशरबहादुर विष्ट, शेरबहादुर देउवा, कमल थापा, लोकेन्द्रबहादुर चन्द, हिसिला यमी देखि गगन थापा, रवीन्द्र अधिकारीसम्मका नेता, भारतीय राजदूत रणजित राय, बेलायती राजदूतदेखि ग्रीसका राजदूत, अन्नपूर्ण पोस्टका सम्पादक युवराज घिमिरे, बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्र, नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधान, कान्तिपुर टिभीका भुषण दाहाल
एसएसपी रमेश खरेल, समता स्कूलका उत्तम सञ्जेल, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मा, निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेति, सिएनएन हिरो पुष्पा बस्नेत पाहुनाको आसनमा थिए | 

लेखक बिजयकुमारको बहुप्रतिक्षित मानिएको यो पुस्तक “खुसी”का बारेमा  नेता प्रदिप गिरी, उद्योगपति डा. उपेन्द्र महतो र याक एण्ड यति तथा ह्यात होटलका मालिक अरुण सर्राफले आ आफ्नो भनाई राखेका थिए |

विजयकुमारको “खुसी”  अनलाइन मार्फत समेत  किन्न सकिने ब्यबस्था गरिएको छ |  (तस्विर साभार : अंगद ढकाल/ पहिलोपोस्ट )

Comments

comments