काठमाडौं । बलिवुड चलचित्रमा भिलेनको चरित्रमा देखिने गुलसन ग्रोबर यतिबेला नेपालमै एक छायांकनमा व्यस्त छन् । यही अवसरमा नेपाली पोशाकमा सजिएको उनको फोटो सार्वजनिक भएको छ।

गुलसन ग्रोबरको यो फोटो अभिनेत्री मनिषा कोइरालाले इन्स्टाग्राममा राखेकी हुन्। गुलसन नेपालमै रहेको खुलाउँदै उनले क्याप्सनमा लेखेकी छिन् , ‘वेलकम टु नेपाल माई फ्रेन्ड एन्ड ह्याप्पी सुटिङ ।’ गुलसनले जवाफमा भनेका छन्, ‘थ्याङक यु सो मच डियर मनिषा ।’

मनिषा र गुल्सन एक अर्काका निकट साथी हुन् । भूकम्पको समयमा पनि गुल्सनले मनिषालाई नेपालको लागि राहत संकलन गर्न सहयोग गरेका थिए।

Please follow and like us:

Comments