काठमाडौं । आइफ़ोन ८ र आइफ़ोन ८ प्लस आजदेखि नेपालमा उपलब्ध हुने भएको छ। एप्पलको आधिकारिक विक्रेता जेनेरेशन नेक्स्ट प्रा.लि.ले आज देखि नेपालभर आइफ़ोनको उक्त नयाँ उत्पादन बजारमा उपलब्ध गराउने भएको हो।

आइफ़ोन ८ र आइफ़ोन ८ प्लस नेपाली बजारमा ६४ र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ । यो गोल्ड, सिल्भर र स्पेस ग्रे कलरको पाइनेछ। सक्कली भ्याटबिल र एक वर्षको वारेन्टी सहित आधिकारिक विक्रेतासंग नै मोबाइल खरिद गर्न कम्पनिले ग्राहकहरुसंग अनुरोध गरेको छ ।

जेनेरेशन नेक्स्ट कम्युनिकेशनले उसको आधिकारिक डिलरहरु इभो स्टोर, ओलीज, फ्युचर वर्ल्ड, आइ स्टोर (राइजिङ्ग मल), सिजी स्टोर (नक्साल), क्वालिटी कम्प्युटर (बिर्तामोड), कम्प्युटर सेल्स सेन्टर (बुटवल), आरपिएल ग्रुप ( बिर्तामोड), न्यु एटुजेड मोबाइल हाउस (नारायणगढ) बाट मोबाइल खरिद गर्न आग्रह गरेको छ ।

Comments

comments