एजेन्सी । महान चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला ४५ करोड डलरमा विक्री भएको छ। भिन्चीको ‘स्यालभेटर मुण्डी’ (सेभिएर अफ द वर्ल्ड) नामक चित्रकला, लिलामीमा बिक्रि भएको हो।

गत बुधबार न्यूयोर्कस्थित क्रिष्टीको लिलामी कोठामा भएको उक्त कार्यक्रममा मानिसहरुले ताली बजाउँदै खुशी व्यक्त गरेका थिए ।

कुनै पनि कलालाई दिइएको यो हालसम्मकै उच्च लिलामी मुल्य हो।

कला तथा संस्कृतिविदहरुले भने लिलामीमा कलाभित्रको अर्थ र कलाको सही मूल्यांकन भने छायाँमा परेको बताएका छन् ।

फोटो स्रोत : Drew Angerer/Getty Images

Comments

comments