काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा शुक्रबार नेपालले फाइनल प्रवेशकालागि अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र अफगानिस्तानबीचको खेल अहिले बिहान सवा सात बजे हुँदैछ । समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानलाई हराउन सके अर्को इतिहास रच्नेछ ।

मलेसियाको किनरारा ओभल मैदानमा खेल हुँदैछ । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । नेपाली टिमका प्रशिक्षक बिनोद दासले निकै राम्रो खेल प्रस्तुत गरेर सेमिफाइनलसम्म पुग्नु ठूलो उपलब्धी भएको बताएका छन् ।

उनले अफगानिस्तानसँगको सेमिफाइनल खेल पनि सहज नहुने बताए । तर अन्तिमसम्म पूरै मेहनत गरेर प्रस्तुत हुने दासले भने ।

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा पाकिस्तान बंगलादेशलाई हराएर फाइनल पुगिसकेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । नेपालले आइतबार इतिहासमै पहिलोपटक भारतलाई पराजित गरेको थियो । मंगलबार बंगलादेशसँग ८ विकेटले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको हो ।

Comments

comments