काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेआफू प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी लगाएपनि शीर नझुकाई नाकाबन्दी खुलाएको   भन्दै एमाले सदैव राष्ट्रियताको पक्षमा रहेको बताएका छन् ।

‘म प्रधानमन्त्री बन्दा नेपालमा चुलो बल्न बन्द भएको थियो । त्यस्तो समयमा पनि मैले आशा जगाएँ । सिर झुकाइनँ । वराबरीको हैसितमा कुरा गरे ’, स्याङजामा वामपन्थीको  संयुक्त चुनावी सभालाई सम्बोधन गदै ओलीले भने, ‘यो सबै जनताले देखेका छन् । नाकाबन्दी खोल्नु होस तबमात्र भारत भ्रमणमा आउछु भने । निहुरीएर लगाउन लगाएको नाकाबन्दी ननिहुरेर खोलाएको हुँ । उत्तर तर्फको नाका खोलाएका हौ ।’

उनले २०५१ सालमा  एमालेको सरकारले बृद्धहरुलाई भत्ता दिन्छु भन्दा कांग्रेसले विरोध गरेको समेत बताए ।

स्थानीय तहको निर्वाचनबाट नै काँग्रेसको ढाँटछल सकिएको दाबी गर्दै उनले अब उसलाई जनताले नपत्याउने   जिकिर गरे ।

Comments

comments