काठमाडौं । गायिका रोशनी अधिकारिको म्युजिक भिडियो ‘पराइ भयौ आज’ सार्वजनिक भएको छ । ‘अभिसम’ एल्बममा बहेको उक्त गीतलाई मनोज बराकोटी ‘सानु’ ले लेखेका हुन् ।

गीतमा प्रेम र धोकालाई मूख्य विषयवस्तु बनाइएको छ । गीतमा संगीत प्रमोद पन्तले भरेका हुन् भने संयोजन, विष्णु अधिकारीले गरेका हुन् ।

गीतलाई नाटकीय रुप दिएर तयार पारिएको म्युजिक भिडियोमा सनम कठायत र रश्मी एरीको मूख्य अभिनय रहेको छ । म्युजिक भिडियोलाई रमेश संग्रौलाले निर्देशन गरेका हुन् भने, अर्जुन सापकोटाले छायांकन तथा अनिल कुमार महर्जनले सम्पादन गरेका हुन्।

Comments

comments