काठमाडौं । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको निधन भएको छ ।

उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेर निधन भएको हो ।

नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए ।

धादिङ घर भएका उनी केही वर्ष यता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

पारिवारिक स्रोतका अनुसार उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाडौं फर्किएका थिए ।

Comments

comments