आफ्नी प्रेमीकाको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका दक्षिण अफ्रिकाका खेलाडी अस्कर पिस्टोरियस लाई लामो सुनवाईपछि अफ्रिकी अदालतले गैर न्यायिक हत्याको दोषी ठहर गरेको छ |यस अघि आफ्नी प्रेमीकाको गोली हानी हत्या गरेको आरोप पिस्टोरिसयसले अस्विकार गर्दै आएका थिए । पिस्टोरियसले घरमा अज्ञात व्यक्ती छिरेको आशंकामा गोली चलाउँदा प्रेमीकाको मृत्यु भएको दावी गर्दै आएका थिए । यथेष्ट प्रमाण र तथ्यको अभावमा अदालतले उनलाई यस अघि जमानतमा छाडेको थियो ।
अस्कर पिस्टोरियसमाथि अन्य दुइ अपराधिक घटनाको समेत दोषी ठहर गरिएको छ | गुड्दै गरेको कारबाट सार्वजनिक स्थलमा गोलि चलाएको साथै सन् २०१३ मा एक भीडभाड युक्त रेस्टुरेन्टमा पनि उनले गोलि चलाएको प्रमाणित भए पछि उनलाई यो तिनै घटनाका दोषी ठहर गरिएको हो |
अफ्रिकी कानुन अनुसार उनलाई गैरन्यायिक हत्या गरेकाले १५ बर्ष सम्मको जेल सजाय हुन सक्ने छ |साथैअन्य दुइ गोलिकाण्डमा संलग्न भएकाले थप ५ बर्षको सजाय हुनसक्ने बताइएको छ |
(Image Source: TheGurdain)

Please follow and like us:

Comments