एजेन्सी । भारतीय टेलिभिजनबाट प्रसारण हुने कौन बनेगा करोडपती कार्यक्रममा बलिवुड सुपरस्टार अमिताभ बच्चनले प्रश्न सोध्छन् र सही उत्तरका आधारमा सहभागीले पुरस्कार राशि जित्ने गर्छन् ।

भारतको मोतिहारिका सुशील कुमारले कम्प्युटर अपरेटरको रुपमा काम गर्थे र उनको मासिक तलब ६ हजार मात्र थियो। तेज दिमागका धनी उनी २०११ मा कौन बनेगा करोडपतीमा सहभागी भए र पांच करोड जिते। त्यसपछि उनी सेलिब्रेटी नै बने र अरु कार्यक्रममा निम्त्याइए । उनलाई सबैले सोध्ने पहिलो प्रश्न हुन्थ्यो, ” यति धेरै पैसा के गर्यौ?” यो प्रश्नले दिक्क बनेका उनलाई एउटा पत्रकारले यही प्रश्न सोध्दा उनले भनिदिए, ” मेरो सबै पैसा सकियो र अहिले म संग केही पनि छैन ।” त्यसपछि उनको यो समाचार सबैतिर फैलियो।

तर, वास्तवमा सुशील पैसाको सही सदुपयोग गर्नमा तल्लिन छन्। उनले ठूलो घर बनाउदैछन्। निर्माण पूरा नभैसकेको उनको घरको तल्लो तल्लामा उनको परिवार बस्छ। काम गर्नबाट एकछिन विश्राम लिएर सुशीलले अहिले पी.एच.डी गर्दैछन् । साइकलमै हिंड्न मन पराउने उनले स्कुटी भने लिएका छन्। सुशीलले आफ्नो रुचि लेखन र संगीतलाई निरन्तरता दिनको लागि विभिन्न तालिम समेत लिइरहेका छन् ।

स्रोत

Comments