मेलबर्न । कोकोनट जुस खाएपछि अष्ट्रेलियामा एक १० वर्षीय भारतीय बालकको मृत्यु भएको थियो। यो घटना अष्ट्रेलियामा २०१३ मा घटेको हो।

घटनामाथि प्रयाप्त अनुसन्धान र त्यस्तो घटना घट्न नदिने उपायहरुको समिक्षा पछि भिक्टोरिया सरकारले नयाँ नियम ल्याउने भएको छ । नयाँ नियम अनुसार, एलर्जी वा कुनै खाना खाएपछि देखिने बिमारका कारण हस्पिटलमा कुनै पनि व्यक्ति आएमा हस्पिटलले तुरुन्तै प्रहरीलाई खबर गर्नुपर्नेछ।

ती भारतीय बालकको एलर्जीकै कारण मृत्यु भएको पुष्टि भएपछी सरकारले यस्तो नियम ल्याएको हो। ती बालकलाई कुनै पनि खालको नट्स र दुधको परिकारको एलर्जी थियो। उनले पिएको कोकोनट जुस ताइवानको उत्पादन थियो, जसमा त्यसमा मिसाइएको पदार्थहरुबारे उल्लेख गरिएको थिएन। आफ्नो एलर्जीको बारेमा ज्ञान भएका ती बालकले ढुक्कका साथ जुस पिएका थिए । जुस पिएको केही छिनमा नै उनलाई सास फेर्न अप्ठ्यारो भयो र बान्ता गर्न थाले । तुरुन्तै अस्पताल लगिएका बालकको विस्तारै शरीरका विभिन्न अंगहरुले काम गर्न छोड्न थाल्यो र उनको निधन भयो ।

सरकारले, प्रस्तावित यो कानुन आगामी वर्षको नोभेम्बरदेखि लागु हुने बताएको छ।

समाचार, तस्बिर स्रोत : SBS NEWS

Comments

comments