काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले बुधबार पक्राउ गरेको हो ।

मंगलाबार राति काठमाडौंको नयाँ बानेश्वरबाट १० लाख रुपैयाँ घुस सहित एकजना अधिकृत र एकजना नायब सुब्बा पक्राउ परेपछि, त्यही प्रकरणमा पाण्डे मुछिएका हुन् ।

एकजना म्यानपावर व्यवसायीको ठगी मुद्दा मिलाइदिने भन्दै उनीहरुले घुस मागेका थिए। तर ती म्यानपावर व्यवसायीले आफ्नो कुनै गल्ती बिना नै घुस मागिएको भनेर अख्तियारमा उजुरी गरेपछि उनीहरु पक्राउ परेका हुन् ।

Comments

comments