मेलबर्न । अष्ट्रेलियामा समलिंगी विवाहलाई लिएर गरेको सर्वेक्षणको परिणाम सार्वजनिक भएको छ। परिणाम अनुसार, ६१ प्रतिशत अष्ट्रेलियन समलिंगी विवाहको पक्षमा देखिएका छन् ।

सर्वेक्षणमा ८० प्रतिशतभन्दा बढी अष्ट्रेलियन सहभागी थिए । जसमध्ये, ६१ प्रतिशतले मान्यता दिनुपर्ने भन्नेमा मत दिए भने, समलिङ्गी विवाहले यहाँको मूल्य र मान्यतालाई सहयोग नगर्ने भन्नेमा ३८ दशमलब ४ प्रतिशतले मत दिए ।

सर्वेक्षणको नतिजा आएपछि प्रधानमन्त्री मल्कम ट्रनबुलले भनेका छन्, ” यो जनताको अभिमत हो र हामीले यसको सम्मान गर्नपर्छ । जनताहरु मालिक हुन् र हामी उनीहरुको सहयोगी मात्र हौं । हामी छिट्टै यो विषयमा कानून बनाएर लागू गर्नेछौं ।”

तस्बिर स्रोत

Comments

comments