काठमाडौं। बलिवुड अभिनेता सुनिल शेट्टी आजकल फिल्महरुमा देखिन छोडेका छन् । बलिवुडमा सफल फिल्महरु दिएका अभिनेता शेट्टी अहिले आफ्नै व्यवसायमा व्यस्त छन्।

सुनिल शेट्टी H2O नामक रेस्टुरेन्टका मालिक हुन् , जसको बिजनेस मुम्बई र दक्षिण भारतमा फैलिएको छ। त्यस्तै उनले बुटिक र पपकर्न इन्टरटेनमेन्ट प्रोडक्सन हाउस संचालन गर्छन् । सुनिल शेट्टीको अधिकतम कमाई रेष्टुरेन्टबाट हुन्छ। भारतीय संचारमाध्यमका अनुसार उनको वार्षिक कमाइ एक अर्ब भारतीय रुपैयाँ छ।

सुनिल सेट्टीकी श्रीमती, माना शेट्टी पनि व्यवसायी हुन् । मुम्बईमा उनको आर- हाउस नामक होम डेकोरको व्यवसाय छ।

Comments

comments